images
images

पाँचथरमा आगलागीमा परी दुईजनाको मृत्यु

  • २० पुष २०७९, बुधबार ०६:५२

काठमाडौं । पाँचथरमा एक घरमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको फिदिम नगरपालिका–८ घुमाउनेटारका मेघबहादुर गुरुङको घरमा आगलागी हुँदा उनका छोरी र बुहारीको मृत्यु भएको हो। मेघबहादुरकी छोरी ममता गुरुङ र बुहारी आशा थेवेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय फिदिमका प्रहरी प्रवक्ता सन्तोषकुमार राईले जानकारी दिनुभयो । आगलागीमा परी राई
र छोरा वीरेन्द्र सामान्य घाइते भएका छन्। बिजुली ‘सट’ भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ।