images
images

दोलखामा कोरोना खोप अभावः स्वास्थ्य कार्यालय भन्छ, ‘केन्द्रमै खोप छैन’

  • २० पुष २०७९, बुधबार १५:१९

दोलखा । दोलखामा करिब पाँच महिनादेखि कोरोना भाइरस विरुद्धको बुस्टर डोज खोप अभाव भएको छ ।

छिमेकी मुलुक चीनमा कोरोना संक्रमण तिव्र गतिमा फैलिएका बेला दोलखामा पाँच महिनादेखि बुस्टर डोज खोप नआएपछि खोप कार्यक्रम नै स्थगित भएको छ । गत भदौदेखि खोप नआएपछि बुस्टर डोज खोप लगाउन रोकिएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख उत्तम खनालले जानकारी दिनुभयो । उहाँले मुलुकभर नै बुस्टर डोज खोपका अभाव भइरहेकाले दोलखामा पनि खोप ल्याउन नसकिएको बताउनुभयो । जिल्लाको उत्तरी क्षेत्रको सिमामा रहेको चीनमा पछिल्लो समय कोरोना संक्रमण दिनप्रतिदिन फैलिरहेको छ । चीनमा दैनिक कोरोना संक्रमणबाट ९ हजारको मृत्यु हुने गरेको छ भने १० लाख संक्रमित थपिने गरेका छन् । यो अवस्थामा दोलखामा भने साताको एक दिन शुक्रबार लगाइँदै आएको बुस्टर डोज खोप पनि अभाव भएपछि खोप अभियान नै स्थगित भएको छ ।

गत भदौदेखि खोप नआएपछि बुस्टर डोज खोप लगाउन रोकिएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख उत्तम खनालले जानकारी दिनुभयो । उहाँले मुलुकभर नै बुस्टर डोज खोपका अभाव भइरहेकाले दोलखामा पनि खोप ल्याउन नसकिएको बताउनुभयो । अझै १६ हजार ९ सय ९७ जना दोलखाली नागरिकले बुस्टर डोज खोप लगाउन बाँकी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुस्टर डोजका लागि खोप ल्याउन औपचारिक रुपमा भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स गाभीलाई पत्र पठाएको छ । मन्त्रालयको खोप महाशाखामा खोप आएपछि मात्रै दोलखामा पनि बुस्टर डोजका लागि खोप आउनेछ । जिल्लाका ९ स्थानिय तहका १६ हजार ९ सय ९७ जनाले पहिलो र १६ हजार ४४ जनाले दोस्रो मात्रा खोप लगाएका छन् भने ३३ हजार ४१ जनाले तेस्रो मात्रा खोप लगाएका छन् । अझै १६ हजार ९ सय ९७ जना दोलखाली नागरिकले बुस्टर डोज खोप लगाउन बाँकी छ । तर स्वास्थ्य कार्यालय दोलखाका अनुसार बुस्टर डोज लगाउनेको संख्या धेरै भएपनि कार्यालयसँगै मौज्दाज रहेको १ हजार १ सय डोज पि–फाईजर खोपको म्याद गुज्रिएको छ ।

कार्यालयमा रहेको ९ सय ५० डोज र जिरीमा रहेको १ सय ५० डोज खोपको म्याद गत कात्तिक १३ गते नै सकिएको हो । त्यो खोप काम लाग्न नभएको कार्यालयका प्रमुख खनालले जानकारी दिनुभयो । तोकिएको समयभित्र मानिसहरु खोप लगाउन नगएपछि ति खोप खेर गएको हो । दोलखामा संक्रमणदर घटेसँगै गत भदौं देखि कोरोना परिक्षण पनि रोकिएको छ ।