images
images

काठमाडौंमा दुई युवकलाई चक्कु प्रहार गरेको अभियोगमा सिन्धुलीका पुरुष पक्राउ

  • २० पुष २०७९, बुधबार १८:३४

काठमाडौ. । काठमाडौंमा दुई युवकलाई चक्कु प्रहार गरेको अभियोगमा सिन्धुलीका एक सहित ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीका अनिष मगर, ओखलढुंगाका अनिष खत्री, उदयपुरका निश्चित राई, कैलालीका अनिष मगर मनोज कुँवर र रौतहटका धिरेन्द्र यादव रहेका छन् । उनीहरुमध्ये एक जनालाई काठमाडौं र चार जनालाई रौतहटबाट पक्राउ गरिएको काठमाडौंमा एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो । पक्राउ परेका उनीहरुले पुस १६ गते कोटेश्वरको महादेवस्थानस्थित बागमती करिडोर सडकमा २३ र १८ वर्षका दुई युवकलाई छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट घाइते भएका दुई युवकको बानेश्वरस्थित कान्ति अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।