images
images

आज राती आकाशमा उल्का वर्षा देखिने

  • १९ पुष २०८०, बिहीबार ०८:२०

काठमाडौं । आज राती आकाशमा उल्का वर्षा देखिने भएको छ ।

केही दिनदेखि उल्का वर्षा भइरहे पनि आज राती अत्याधिक मात्रामा उल्का वर्षा हुन लागेको हो । राती साँढे ११ बजेदेखि भोली विहान घाम उदाउनु अघिसम्म उल्का वर्षा देख्न सकिने नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताउनुभयो । नाङ्गो आँखाले नै उल्का वर्षाको अवलोकन गर्न सकिने उहाँको भनाई छ । आगोका झिल्का जस्तै देखिने उल्का वर्षा करिब ७० किलोमिटर माथि वायुमण्डलमा देखिनेछन् ।