images
images

प्रधानमन्त्री प्रचण्डद्धारा राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा स्वीकृत

  • १९ पुष २०८०, बिहीबार १३:११

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारबाट हरिबोल गजुरेलले दिएको राजीनामा स्वीकृत भएको छ।

गजुरेलले दिएको राजीनामा प्रधानमन्त्री प्रचण्डले एक महिनापछि स्वीकृत गर्नुभएको हो । नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेललाई प्रधानमन्त्रीले २०७९ माघ ९ गते प्रमुख राजनीतिक सल्लाहकार बनाउनुभएको थियो । गजुरेलले गत मंसिर २० गते प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार पदबाट राजीनामा दिनुभएको थियो ।२०७८ साल मंसिर ४ को निर्वाचनमा गजुरेल सिन्धुलीबाट उम्मेदवारको दौडमा रहेपनि सो स्थानमा राजन दहाललाई टिकट दिएपछि असन्तुष्ट बनेको बताईएको छ ।