images
images

धादिङको सलाङघाटमा सवारी दुर्घटना, रामेछापका एकसहित ४ जना घाईते

  • २० पुष २०८१, शनिबार १२:३०

काठमाडौं । धादिङको सलाङघाटमा एक आपसमा दुईवटा कार ठोक्किँदा रामेछापका एक सहित ४ जना घाईते भएका छन् ।

पृथ्वी लोकमार्गअन्तर्गत धादिङको रोराङ गाउँपालिका–३, सलाङघाटमा आज दुईवटा कार एक आपसमा ठोक्किँदा ४ जना घाईते भएका हुन् । घाईते हुनेमा काठमाडौं आउँदै गरेको कारमा सवार रामेछापको खाँडादेवी गाउँपालिका–६ की २१ वर्षीया सुनिता बरैली र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ की २४ वर्षीया बबिता खनाल रहेका छन् ।

यस्तै पोखरा जाँदै गरेको कारमा सवार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने २६ वर्षीय प्रज्ञान खड्का र २८ वर्षीय प्रमोद खड्का रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । उनीहरु चारै जनाको मलेखुस्थित टिचिङ हस्पिटलमा उपचार भैरहेको छ ।

प्रहरीले दुवै सवारी साधन र चालकलाई नियन्त्रणमा लिएको छ भने घटना बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।