images
images

चरिकोटमा यात्रुवाहक बसको छतबाट खसेर सहचालक घाइते

  • २० पुष २०८१, शनिबार १८:५७

काठमाडौं । दोलखाको चरिकोटमा बसको छतबाट लडेर एक युवक घाइते भएका छन् ।

भीमेश्वर नगरपालिका–३ स्थित सडक कार्यालय अगाडी रोकीराखेको बा.प्र.०१००६ ख ३५४२ नम्बरको यात्रुबाहक बसेको छतबाट खसेर सहचाखलक घाइते भएका हुन् । घाइते हुनेमा उक्त बसको सहचालक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ का ३० वर्षीय राजकुमार कार्की रहेको दोलखा प्रहरीले जनाएको छ । उनी बसको छतमा सामान बान्ने क्रममा आज दिउँसो लडेर घाइते भएका हुन् ।

दुर्घटना लगत्तै उपचारका लागि च्छोरोल्पा जनरल अस्पताल लगिएकोमा सामान्य उपचारपछि थप उचारका लागि कार्कीलाई धुलिखेल अस्पताल काभ्रे पठाइएको दोलखाका प्रहरी निरिक्षक दाताराम अधिकारीले जानकारी दिनुभयो ।

चालक काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१० का ३६ वर्षीय निर्मल लामालाई दोलखा प्रहरीले नियन्त्रणमा लिएको छ ।