images
images

नहरमा डुबेर दोलखाका एक बालकको मृत्यु

  • २१ माघ २०७८, शुक्रबार ०८:५७

उदयपुर । उदयपुरमा नहरमा डुबेर दोलखा घर भएका तीन वर्षिय बालकको मृत्यु भएको छ ।

दोलखा स्थायी घर भई उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ७ बस्दै आएका मधुसुदन अधिकारीका तीन वर्षिय छोरा लेखनाथ अधिकारीको नहरमा डुबेर मृत्यु भएको हो । त्रियुगा नदीको नहरमा हिजो दिउँसो खेल्न गएका बालक अचानक डुबेको अवस्थामा फेला परेका थिए । अभिभावकले बालकलाई खोज्ने क्रममा अचेत अवस्थामा डुबेरहेको भेटेपछि उद्धार गरी अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको उद्यपुरका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिनुभयो । बालकको मृत्युबारे प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।