images
images

एकीकृत अखिल नेपाल शिक्षक संगठन दोलखाको अध्यक्षमा श्रेष्ठ

  • २१ माघ २०७९, शनिबार १७:४९

दोलखा । नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन दोलखाको जिल्ला सम्मेलन सन्तोष श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।

सदरमुकाम चरिकोटमा आज आयोजित ७ औं जिल्ला सम्मेलन सर्वसम्मत नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । सम्मेलनको उद्घाटन सत्र सकिएपछि आयोजित बन्द सत्रले नयाँ नेतृत्व चयन गरेको छ । एकीकृत अखिल नेपाल शिक्षक संगठनको जिल्ला अध्यक्षमा चयन भएका श्रेष्ठ यसअघि उपाध्यक्ष थिए । अध्यक्ष श्रेष्ठ त्रिभुवन मावि मेलुङका प्रधानाध्यापक हुन् । सम्मेलनले कार्यसमितिको उपाध्यक्षमा कालिका ओलीलाई चयन गरेको छ भने सचिवमा इन्द्र बस्नेत र अर्थसचिवमा दिपक दाहाललाई चयन गरेको छ ।

सदरमुकाम चरिकोटस्थित ए वान पार्टी प्यालेसमा सम्पन्न सम्मेलनको पुर्व शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा नेकपा माओवादी केन्द्र दोलखाका इन्चार्ज एवम् पुर्व वन तथा वातावरणमन्त्री विशाल खड्का, जिल्ला समन्वय समिती दोलखाका प्रमुख बर्जुराम घतानी, नेकपा माओवादी केन्द्रका नेताहरु संकर लामा र नरवहादुर पाख्रिन लगायतको उपस्थिती थियो ।