images
images

रामेछापका एक पुरुषले ७ वर्षीया छोरीको हत्यापछि गरे झुण्डिएर आत्महत्या

  • २१ माघ २०७९, शनिबार १९:११

काठमाडौं । रामेछापका एक पुरुषले ७ वर्षीया छोरीको हत्या गरेर आफुले पनि आत्महत्या गरेका छन् ।

रामेछापको खाँडादेवी गाउँपालिका घर भएका ४२ वर्षीय किशोर भण्डारीले आफ्नै ७ वर्षीया छोरी कृपा भण्डारीको घाँटी रेटेर हत्या गरेका हुन् । छोरीको हत्यापछि उनले झुण्डिएर आत्महत्या गरेका छन् । काठमाडौंको पुरानो बानेस्वरस्थित टंकप्रसाद मार्गमा कोठा भाडामा लिएर बस्दै आएका भण्डारीले सोही स्थानमा छोरीको हत्या गरेर आत्महत्या गरेका हुन् । घटनाका बारेमा अनुषन्धान भईरहेको प्रहरीले जनाएको छ ।