काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका पुत्र जयवीर सिंह देउवाको आज विवाह हुँदैछ ।
जयवीर सिंहले गायिका शिवाना श्रेष्ठसँग विवाह गर्न लागेका हुन् । देउवा परिवारले बिहेका निम्तालुलाई फूल माला, खादा र उपहार नल्याउन आग्रह गरेका छन् । विवाहको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा पार्टीको आयोजना गरिएको छ । विवाह भोजमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता, उद्योगी, व्यापारी, कलाकार, पत्रकारसहित प्रतिष्ठित व्यक्तित्वहरूलाई निम्ता गरिएको देउवा निकट स्रोतले जनाएको छ ।










