
हेटौँडा । बागमती प्रदेश सरकारको सर्वदलीय बैठक आज बस्ने भएको छ ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले दिउँसो ३ बजे सर्वदलीय बैठक आह्वान गर्नुभएको हो । माघ २३ गते बोलाइएको प्रदेशसभा बैठक सहज बनाउने र दलहरुबीच सहमति कायम गर्ने उद्धेश्यसहित सभामुख पाठकले बैठक बोलाउनु भएको हो । यही माघ १८ गते प्रदेशसभाको हिउँदे अधिवेशनमा ३ वटा विधेयक पेस गर्ने भनिएको थियो । तर दलहरुबीच सहमति नजुट्दा विधेयक पेस हुन सकेको थियो ।
प्रदेशसभाको माघ १८ गते बसेको बैठकमा प्रतिपक्ष दलको सहमति नहुँदा सरकारद्वारा प्रस्तुत गर्ने भनिएका विधेयक अन्तिममा बैठकको कार्यसूचीबाट हटाइएको थियो।