images
images

रोग लुकाएर राख्नुभन्दा समयमा उपचार गरौंः मुख्यमन्त्री लामा

  • २२ माघ २०८१, मंगलवार १६:१०

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पाठेघरको मुखको क्यान्सर चुनौतीका रूपमा रहेकाले रोग लुकाएर राख्नुभन्दा समयमा उपचार गराउन आग्रह गर्नुभएको छ ।

मुख्यमन्त्री लामाले मुख्यमन्त्री लामाले नेपालमा बर्सेनि हजारौँ महिलाहरू पाठेघरको मुखको क्यान्सरबाट प्रभावित भइरहेको भन्दै यस्तो बताउनुभएको हो । रोगको सुरुवातमै उपचार गरेर निर्मूल पार्नुपर्नेमा जोड दिँदै मुख्यमन्त्री लामाले नेपालमा दैनिक चारजना महिलाले पाठेघरको मुखको क्यान्सरबाट मृत्युवरण गर्नुपर्ने अवस्थामा सुधार ल्याउनुपर्नेमा जोड दिनुभयो ।

आज मकवानपुरको हेटौँडा–१० स्थित ज्ञानदा माध्यमिक विद्यालयबाट सुरु भएको एचपीभी खोप अभियानको मुख्यमन्त्री लामाले उद्घाटन गर्नुभएको थियो ।
पाठेद्दर मुखको क्यान्सरको भयावह अवस्थालाई नियन्त्रण गर्न तीन तहको सरकारको समन्वयमा एचपीभी खोप अभियान सुरु गरिएको छ ।