images
images

व्याख्यात्मक घोषणासहित एमसीसी पारित गरेर देश दुर्घटनाबाट जोगियोः मन्त्री खड्का

  • २० फाल्गुन २०७८, शुक्रबार ०९:०१

जिरी (दोलखा) । बागमती प्रदेशका वन तथा वातावरणमन्त्री विशाल खड्काले संसदबाट व्याख्यात्मक घोषणा सहित एमसीसी पारित गरेर देशलाई दुर्घटनाबाट बचाएको बताउनुभएको छ ।

अमेरिकी सहयोग परियोजना (एमसीसी)लाई जस्ताको तस्तै पारित गर्ने षड्यन्त्र भएपनि नेकपा माओवादी केन्द्रको नेतृत्वमा व्याख्यात्मक घोषणा सहित पारित गरेर देशलाई दुर्घटनाबाट बचाएको उहाँले बताउनुभयो । नेकपा माओवादी केन्द्र जिरी नगरकमिटीको कार्यालय उद्घाटन गर्दै मन्त्री खड्काले यस्तो बताउनुभएको हो । प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणा सहिद एमसीसी पारित भएपछि सत्ता गठबन्धनलाई तोड्ने र मुलुकलाई अस्थीरतातर्फ धकेल्ने देशी/विदेशी षड्यन्त्र विफल भएको उहाँले बताउनुभयो । एमसीसीको व्याख्यात्मक घोषणामा नेपालको संविधान विपरित गतिविधि भए एकतर्फी रुपमा सम्झौता तोड्न सक्ने उल्लेख भएकाले नेपाल राष्ट्रघातबाट जोगिएको मन्त्री खड्काले बताउनुभयो ।

सत्तागठबन्धन टुट्ने, मुलुक अस्थीरतातर्फ धकेलिने गम्भीर अवस्थामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुजबुझका साथ राष्ट्रियता माथि पर्नेगरी संसदबाट व्याख्यात्मक घोषणा सहित एमसीसी पारित गर्ने निर्णय लिएको उहाँले बताउनुभयो । एमसीसी अनुमोदन भएपछि माओवादी विरुद्ध अनावश्यक भ्रम र प्रचार गरिएको भन्दै मन्त्री खड्काले त्यस्तो भ्रममा नपर्न सबैमा आग्रह गर्नुभयो । एमसीसीको विषयलाईनै लिएर पार्टी फुटाउने सम्मको षड्यन्त्र भइरहेको बेला व्याख्यात्मक घोषणा सहित एमसीसी पारित गर्न सक्नु माओवादीको सफलता भएको मन्त्री खड्काले बताउनुभयो ।

एमसीसी कांग्रेसले जस्ताको तस्तै पारित गर्न खोजेको र नेकपा एमालेको यस विषयमा केही धारणा सार्वजनिक नभएको तथा एमाले अस्पष्टतामा रहेको बेला एमसीसीलाई माओवादीको नेतृत्वमा व्याख्यात्मक पारित गरेको भन्दै मन्त्री खड्काले व्याख्यात्मक सहितको एमसीसी राष्ट्रको हितमानै रहेकाले कुनै भ्रममा नपर्न आग्रह गर्नुभयो । एमसीसीको व्याख्यात्मक घोषणामा नेपालको संविधान विपरित गतिविधि भए एकतर्फी रुपमा सम्झौता तोड्न सक्ने उल्लेख भएकाले नेपाल राष्ट्रघातबाट जोगिएको मन्त्री खड्काले बताउनुभयो ।

एमसीसी कांग्रेसले जस्ताको तस्तै पारित गर्न खोजेको र नेकपा एमालेको यस विषयमा केही धारणा सार्वजनिक नभएको तथा एमाले अस्पष्टतामा रहेको बेला एमसीसीलाई माओवादीको नेतृत्वमा व्याख्यात्मक पारित गरेको भन्दै मन्त्री खड्काले व्याख्यात्मक सहितको एमसीसी राष्ट्रको हितमानै रहेकाले कुनै भ्रममा नपर्न आग्रह गर्नुभयो । मन्त्री खड्काले २ सय ५० वर्ष लामो इतिहाँस रचेको राजतन्त्रलाई समेत संसदबाट अनुमोदन गरेर हटाएको र सोही संसदले व्याख्यात्मक घोषणा सहित पारित गरेको एमसीसीमा केही फरक नरहेको बताउनुभयो ।

नेकपा माओवादी केन्द्र जिरी स्थित हाटडाँडामा पार्टी कार्यालय स्थापना गरिएको छ । नेकपा माओवादी केन्द्र जिरी नगरकमिटीका अध्यक्ष गेल्बु शेर्पाको अध्यक्षतामा भएको पार्टी कार्यालय उद्घाटन कार्यक्रममा प्रदेशसभा सांसदहरु आङदेण्डी लामा र हिमाली गोले, माओवादी जिल्ला संयोजक कुल बहादुर बुढाथोकी, जिरी इन्चार्ज तेज बहादुर गोले लगायतका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।