images
images

शैलुङ महोत्सवमा सहभागी हुन एमाले अध्यक्ष ओली दोलखामा

  • २० फाल्गुन २०७८, शुक्रबार ०९:३३

दोलखा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज दोलखा आउनुभएको छ ।

एमाले अध्यक्ष ओली आज हेलिकोप्टरमार्फत् आज विहान दोलखा आउनु भएको हो । शैलुङ साहित्यक सांस्कृतिक महोत्सवमा प्रमुख अतिथिका रुपमा सहभागी हुन एमाले अध्यक्ष ओली जिल्ला आउनुभएको होे । आज विहान साँढे ९ बजे कालिञ्चोक आउनुभएका ओलीले कालिञ्चोक दर्शन लिमिटेडले निर्माण गरेको कालिञ्चोक केबलकारको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ । साँढे ८ बजे आइपुग्ने कार्यक्रम रहेपनि एक घण्टा ढिला गरी आउनुभएका अध्यक्ष ओलीले कालिञ्चोक भगवतीको दर्शन गरेर मात्रै केबलकारको समुद्घाटन गर्नुुहुनेछ । त्यसलगत्तै ओली शैलुङ साहित्यक सांस्कृतिक महोत्सवमा सहभागी हुने कार्यक्रम तय भएको शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिनुभयो । मदन भण्डारी कला साहित्य प्रतिष्ठान काठमाडौं र शैलुङ गाउँपालिकाको व्यवस्थापनमा आज भव्य रुपमा महोत्सव हुँदैछ । महोत्सवमा सहभागी हुनका लागि आसपासका जिल्लासहित विभिन्न स्थानबाट मानिसहरु गएका छन् ।