
काठमाण्डौं । बालिकालाई जवरजस्ती करणीगरी फरार भएका सिन्धुलीका एक युवक काठमाण्डौबाट पक्राउ परेका छन् ।
प्रहरीले जबरस्तीकरणी गरी फरार भएका सिन्धुलीको तिनपाटन गाउँपालिका वडा नम्बर ३ का २२ वर्षीय रोहित विकलाई पक्राउ गरेको हो । यहि फागुन १८ गते १६ वर्षीया बालिकालाई ललाई फकाई प्रलोभनमा पारी जवरजस्ती करणीगरी फरार भएको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका विकलाई करणी सम्वन्धि कसूरमा आवश्यक कारवाहीको लागि आज महानगरीय प्रहरी बृत्त जनसेवा काठमाण्डौ पठाईएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।