images
images

घरको छतबाट खसेर माधव नेपालका भाइ सरोजको निधन

  • २० फाल्गुन २०७९, शनिबार १७:५६

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य तथा अध्यक्ष माधव कुमार नेपालका भाई सरोज कुमार उपाध्यायको घरको छतबाट खसेर निधन भएको छ ।

उनको आज दिउँसो शंखमुलस्थित एक कफिसपको छतबाट खसेर निधन भएको हो । कफि सपको छलबाट खसेपछि गम्भिर घाईते भएका उनलाई उपचारका लागि न्युरो अस्पताल लगिएको थियो । उपाध्यायको न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको माधव नेपालको सचिवालयका सदस्य नितेश पौडेलले जानकारी दिनुभयो । ६ तलामाथिबाट खसेका उनको मृत्यु भएको हो । घटनाबारे छानविन भइरहेको नेपाल प्रहरीको नयाँ बानेश्वर वृत्तका डिएसपी निशान्त श्रीवास्तवले जानकारी दिनुभयो ।

कफि सपका सञ्चालक रञ्जित कुमार यादवका अनुसार माधव नेपालका भाई सरोज तीन अघिदेखि मात्रै सो रेष्टुरेन्टमा जान थालेका थिए । रेष्टुरेन्टको एम्बियस राम्रो लागेर आफु आउन लागेको बताएका उपाध्यायले आज एक्कासि हाम फालेको बताइएको छ ।