काठमाडौं । सत्ता गठबन्धनको आज बिहान बस्ने भनिएको बैठक स्थगित भएपछि दलहरु पार्टीको छुट्टा–छुट्टै बैठकमा जुटेका छन् ।
सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न भन्दै आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक आह्वान गरिएपनि आकस्मिक स्थिगित भएपछि माओवादी, एमाले र रास्वपा सहितका दलहरु पार्र्टीको आकस्मिक बैठकमा जुटेका हुन् । सत्ता गठबन्धनको बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयक सम्बन्धी प्रतिवेदनको मस्यौदामा छलफल गर्ने भनिएको थियो । यद्यपी गठबन्धन नै परिवर्तन हुने सम्भावना बढेपछि सत्तासाझेदार दलको बैठक स्थगित गरिएको हो । नयाँ गठबन्धनको प्रारुप पूर्णरुपमा तयार भएपछि हालको गठबन्धनको अन्तिम बैठक बोलाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी छ । यतिखेर नेकपा माओवादी केन्द्र, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीको छुट्टा–छुट्टै आकस्मिक बैठक बसिरहेको छ ।










