काठमाडौं । माओवादीले सत्ता गठबन्धन टुटाए सहकार्य गर्न तयार रहेको एमालेले पार्टीबाट पदम गिरीलाई मन्त्री बनाउने भएको छ ।
बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने सम्मको निर्णय गरेको हो । एमालेका प्रमुख सचेतक गिरी यसअघि पनि स्वास्थ्यमन्त्री बनेका थिए । सरकारमा रास्वपा र राप्रपा पनि सहभागी हुने सहमति भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको सचिवालय बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको सत्ता गठबन्धन टुटाए सहकार्यका लागि नयाँ ढङ्गले छलफल गर्न तयार रहेको निष्कर्ष समेत निकालेको छ ।










