काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रदेखि प्रदेशसम्म नयाँ सत्ता समीकरण बनाएर जाने निर्णय गरेको छ ।
आज बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकले नयाँ सत्ता समीकरण गरेर जाने निर्णय गरेको हो । बैठकपछि माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले नयाँ गठबन्धनको प्रसङ्ग आएको भन्दै मन्त्रिपरिषद् र राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षको नयाँ शिराबाट छलफल हुने बताउँदै प्रदेशका मुख्यमन्त्री पनि आलोपालाका आधारमा अगाडि बढाउने बताउनुभयो । त्यसका लागि नयाँ गठबन्धनको बैठक बसिरहेको उहाँको भनाई छ । एमालेसहितको नयाँ सत्ता समीकरणले वामपन्थी एकताको दिशामा लैजाने उहाँले बताउनुभयो ।










