काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन तोडेको बिफ्रिङ गर्नुभएको छ ।
आज बिहान आफ्नो निवास बुढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा देउवाले प्रधानमन्त्रीले गठबन्धन तोडेको बताउनुभएको हो । बैठकपछि कांग्रेस प्रमुख सचेतक लेखक लेखकले बैठकमा सभापति देउवाले प्रधानमन्त्रीले गठबन्धन तोडेको सुनाएको बताउनुभयो ।
कांग्रेस सहमत हुन नसकेपछि प्रचण्डले पुनः एमालेसँगकै सत्ता सहकार्य अघि बढाउने निर्णय गर्नुभएको हो ।










