काठमाडौँ । काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई मन्त्रिपरिषद् गठन गर्ने विषयमा जानकारी गराउनुभएको छ ।
शीतलनिवास पुगेर प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रपति पौडेलसँग भेटवार्ता गर्दै यसवारे जानकारी गराउनुभएको हो । प्रधानमन्त्रीले आज तीन जना बिना विभागीय मन्त्री बनाउन लागेको राष्ट्रपतिसमक्ष जानकारी गराउनुभएको बालुवाटार स्रोतले जनाएको छ । आज पाँच बजे सपथको कार्यक्रम आयोजना गरिने बताईएको छ ।










