images
images

एमाले माओवादीको नयाँ गठबन्धनः कार्यदलले मन्त्रालय बाँडफाँट लगायत विषय टुंग्याउनेछ

  • २१ फाल्गुन २०८०, सोमबार १४:३१

काठमाडौँ । नयाँ गठबन्धनभित्र सीट तथा मन्त्रालय बाँडफाँट लगायतका विषय टुंग्याउन ४ सदस्यीय कार्यदल गठन गरिएको छ ।

गठबन्धभित्रको आन्तरिक व्यवस्थापनका लागि ४ सदस्यीय कार्यदल गठन गरिएको नेकपा माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यदलमा नेकपा एमालेबाट विष्णु पौडेल, नेकपा माओवादीबाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने र जनता समाजवादीबाट उपेन्द्र यादव रहेका छन् । गठबन्धनभित्रको आन्तरिक छलफलको लागि कार्यदलले सहजीकरण गर्ने सचिव शर्माले बताउनुभयो । कार्यादललाई सीट बाँडफाँट र मन्त्रालयको टुंगो लगाई शीर्ष नेतृत्वलाई प्रतिवेदन बुझाउन भनिएकोे छ ।