images
images

नवनियुक्त तीन मन्त्रीद्धारा सपथ ग्रहण

  • २१ फाल्गुन २०८०, सोमबार १७:५०

काठमाडौं । नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् ।

आज साँझ राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले शपथ लिएका हुन् । उनीहरूले शीतल निवासमा बिनाविभागीय मन्त्रीका रूपमा शपथ ग्रहण गरेका हुन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो । सोही अनुसार प्रधानमन्त्रीले नयाँ समीकरणमा रहेका दलमध्ये जसपाबाहेक अन्य दलको एक/एक जना सहभागी मन्त्रिपरिषद गठन गर्नुभएको हो ।