images
images

सहिद तथा वेपत्ता योद्धाको सम्मान र सम्झनामा चरिकोटमा दीप प्रज्वलन

  • २१ फाल्गुन २०८०, सोमबार १९:३७

दोलखा । सहिद सप्ताहको अवसरमा दोलखा सदरमुकाम चरिकोटमा दीप प्रज्जवल गरिएको छ ।

सदरमुकाम चरिकोट स्थित सातदोबाटोमा आज साँझ दीप प्रज्जवलनको आयोजना गरिएको हो । सहिद सप्ताहको अवसरमा सम्पूर्ण सहिद तथा वेपत्ता योद्धाको सम्मान र सम्झनामा दीप प्रज्जवलन गरिएको माओवादी केन्द्र दोलखाका जिल्ला संयोजक कुलबहादुर बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार १ मिनेट मौनधारण गरेर सहिदहरुको सम्झानामा श्रद्धाञ्जली अर्पण गरिएको हो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एबम् जिल्ला ईन्चार्ज विशाल खड्का, माओवादी केन्द्र दोलखाका जिल्ला संयोजक बुढाथोकी, प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेल लगायतका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।