images
images

बिरामी माधवलाई भेट्न कोटेश्वरमा प्रधानमन्त्री प्रचण्ड, सरकारमा सहभागी हुन प्रस्ताव

  • २१ फाल्गुन २०८०, सोमबार २०:२७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी हुन प्रस्ताव गर्नुभएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेर प्रधानमन्त्री प्रचण्डले नयाँ समीकरणबारे जानकारी गराउँदै सरकारमा सहभागी हुन आग्रह गर्नुभएको हो । अस्वस्थ भएर घरमै आराम गरिरहनुभएका नेता नेपाललाई भेटेर प्रचण्डले स्वास्थ्य अवस्थाबारे बुझ्नुको साथै प्रस्ताव पनि राख्नुभएको हो । प्रधानमन्त्री प्रचण्डको प्रस्तावमा अध्यक्ष नेपालले पार्टीभित्र छलफल गरेर निर्णय गर्ने जवाफ दिनुभएको छ । प्रचण्ड बालुवाटारमा गठबन्धनको बैठक चलिरहँदा पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित अध्यक्ष नेपाललाई भेट्न कोटेश्वर पुग्नुभएको थियो ।