images
images

नयाँ सत्ता समिकरणः राष्ट्रिय सभा अध्यक्ष माओवादीलाई, उपाध्यक्ष एमालेको भागमा

  • २१ फाल्गुन २०८०, सोमबार २०:५७

काठमाडौं । नयाँ गठबन्धनका चार राजनीतिक दलबीच ८ बुँदे सहमति भएको छ ।

सत्ता सहकार्यका लागि आज बेलुकी भएको सहमति अनुसार रिक्त रहेको राष्ट्रिय सभाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का उम्मेद्वार र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेद्वारलाई समर्थन गर्ने दलहरुबिच सहमति भएको हो । साझा न्यूनतम कार्यक्रम बनाउने, चार दलबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र शान्ति प्रक्रिया सहमतिका आधारमा अबिलम्ब टुंगाउने, संघीय कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तलका सरकारलाई प्रभावकारी बनाउने पनि चार दलबीच सहमति भएको छ ।

सहमतिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी, नेपालले हस्ताक्षर गरेका छन् ।