images
images

सुन एकैदिन तोलामा ११ हजार घट्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । आज सुनचाँदीकै मूल्यमा व्यापक गिरावट आएको छ। सुनको भाउ आज तोलामा ११ हजार रुपैयाँ घटेको हो।

सुनको भाउ आज तोलाको तीन लाख १७ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको भाउ तोलाको तीन लाख २८ हजार ६ सय रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा प्रभाव देखिएको हो ।

यसैगरी, चाँदीको पनि आज ५ हजार ५४० रुपैयाँमा गिरावट आएको छ। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो। हिजो प्रतितोला ५ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी आज  ५ हजार ५४० रुपैयाँमा झरेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।