images
images

गैरेलाई मतदान अधिकृतबाट हटाइयो, नयाँ अधिकृत पठाइयो

  • २० फाल्गुन २०८२, बुधबार १२:१५

बाग्लुङ । बागलुङमा मतदान अधिकृतको जिम्मेवारी खोसिएको छ ।

बागलुङ–२ स्थित गलकोट नगरपालिका–१० रमुवा आधारभूत विद्यालयको मतदान केन्द्रमा खटाइएका मतदान अधिकृत प्रकाश गैरेलाई जिम्मेवारीबाट हटाइएको हो । मतदान अधिकृतहरूको ह्वाट्सएप समूहमा गलत अभिव्यक्ति दिएपछि गैरेको जिम्मेवारी खोसिएको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत भीमप्रसाद सुवेदीले जानकारी दिए ।

निर्वाचन अधिकृतको कार्यालयले गैरेलाई पत्र पठाएर जिम्मेवारी खोसेको जानकारी दिएको छ । पत्रमा मतदान अधिकृतले गर्न नहुने किसिमका गतिविधि गरेको देखिएकाले जिम्मेवारीबाट हटाइएको उल्लेख गरिएको छ ।

गैरेको मतदान केन्द्रमा भुवन बहादुर कुँवरलाई मतदान अधिकृतको रूपमा खटाइएको निर्वाचन अधिकृत सुवेदीले जानकारी दिएका छन् ।