images
images

निर्वाचनमा हेलिकप्टरबाट पेट्रोलिङ गर्ने सुरक्षा समितिको निर्णय

  • २० फाल्गुन २०८२, बुधबार १३:२७

भक्तपुर । केन्द्रिय सुरक्षा समितिले प्रतिनिधिसभाको भोली हुने निर्वाचनमा हेलिकप्टरबाट पेट्रोलिङ गर्ने निर्णय गरेको छ ।

गृहमन्त्रालयमा आज गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा बसेको बैठकले मतदानको समयमा हेलिकप्टरबाट पेट्रोलिङ गर्ने निर्णय गरेको हो । बैठकमा निर्वाचनको तयारी र समसामयिक विषयमा छलफल भएको गृह मन्त्रालयकी उपसचिव रमा आचार्यले जानकारी दिएकी छिन् ।

बैठकले आपतकालीन प्रयोजनको लागि हेलिकप्टर स्ट्याण्डबाई राख्ने निर्णय पनि गरेको छ । साथै केन्द्रीय सुरक्षा समितिले भोलि हुने निर्वाचनमा सुरक्षा चुनौती नरहेको निष्कर्ष निकालेको छ । बैठकमा सुरक्षा प्रमुखहरूले सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए ।

यसअघि गृहसचिवले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुल माध्यमबाट छलफल गरेर सुरक्षा स्थितिको बारेमा जानकारी लिएका थिए ।