images
images

कतारमा दुई वटा ब्यालिस्टिक मिसाइल प्रहार, हताहतिको आशंका

  • २० फाल्गुन २०८२, बुधबार १४:४६

इरानले कतारमा ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ ।

अमेरिकी सैन्य अड्डालाई लक्षित गरी इरानले कतारमा ब्यालिस्टिक मिसाइल प्रहार गरेको हो । कतारको रक्षा मन्त्रालयले इरानबाट दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिएको बताएको छ ।

एउटा क्षेप्यास्त्र कतारको वायु रक्षा प्रणालीले हावामै खसालेको भने दोस्रो क्षेप्यास्त्र कतारस्थित सबैभन्दा ठुलो अमेरिकी सैन्य अड्डा अल उदेद एयर बेसमा प्रहार भएको विविसिले जनाएको छ ।

अहिलेसम्म आक्रमणबाट कुनै हताहतीको रिपोर्ट नभए पनि हताहति भएको आशंका गरिएको कतारले जनाएको छ । यस विषयमा अमेरिकाबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया नआएको अधिकारीहरुले बताएका छन् ।