images
images

दोलखाका युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा एक पुरुष पक्राउ

  • २१ चैत्र २०७८, सोमबार ०७:२२

रामेछाप । दोलखाका एक पुरुषलाई खुकुरी प्रहार गरी गम्भिर घाईते बनाएको आरोपमा रामेछापका पुरुष पक्राउ परेका छन् ।

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ४ का बिनोद तमाङलाई प्रहरीले पक्राउ गरेको हो । तमाङले यही चैत १६ गते दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफेका २० वर्षिय अनिश पोखरेललाई खुकुरी प्रहार गरी घाईते बनाएका थिए । दोरम्बाको अन्तराष्ट्रिय युबावर्ष माविमा रङरोगन गरी फर्कँदै गरेका पोखरेलमाथि तमाङले खुकुरी प्रहार गरेको रामेछाप प्रहरीले जनाएको । घटना लगत्तै फरार रहेका उनलाई दोरम्बा शैलुङ गाउँपालिकाबाट प्रहरीले पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको रामेछापका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक श्रीशंकर श्रेष्ठले जानकारी दिनुभयो ।