images
images

श्रीलंकामा आर्थिक संकटः २६ मन्त्रीद्धारा सामूहिक राजीनामा

  • २१ चैत्र २०७८, सोमबार ०८:४९

श्रीलंकामा आर्थिक संकट पछि मन्त्रीहरुले सामुहिक राजिनामा दिएका छन् ।

दशकौँ यताकै सबैभन्दा चरम आर्थिक सङ्कट व्यवस्थापन प्रति असन्तुष्ट सर्वसाधारणहरूको प्रदर्शनकाबीच श्रीलङ्काका २६ मन्त्रीले सामूहिक राजीनामा दिएका हुन् । मन्त्रिपरिषद्का २६ सदस्यले राजीनामा बुझाए पनि प्रधानमन्त्री महिन्द राजपक्ष र उहाँका दाई राष्ट्रपति गोटाबय राजपक्षले भने राजीनामा दिनुभएको छैन । यसअघि कफ्र्युको अवज्ञा गर्दै सर्वसाधारणहरूले सडक प्रदर्शन गरेका थिए । श्रीलङ्का सन् १९४८ मा स्वतन्त्र भएयताकै खराब आर्थिक सङ्कटसँग जुझिरहेको छ । यो आंशिक रूपमा विदेशी मुद्राको अभावले गर्दा भएको हो, जुन इन्धन आयातको भुक्तान गर्नका लागि प्रयोग गरिन्छ । करिब आधा दिन लोडसेडिङ, खाद्यान्न, औषधि अनि इन्धनको अभावका कारण सर्वसाधारणहरू क्रुद्ध भएका छन् । श्रीलङ्काका शिक्षामन्त्रीले आइतवार मन्त्रीपरिषद् सदस्यहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको बताउनुभयो ।

राजीनामा गर्नेमा प्रधानमन्त्रीका छोरा पनि छन् । खाद्यान्न र इन्धन अभावको विरोधमा प्रदर्शन चर्किएपछि श्रीलङ्कामा सरकारले ३६ घण्टाका लागि कर्फ्यु घोषणा गरेको थियो ।