images
images

दोलखामा चुनावी तालमेल हुन्छ, एमाले तेस्रो शक्तिमा झर्छः सभापति लामा

  • २१ चैत्र २०७८, सोमबार ०९:३१

दोलखा । नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले आगामी स्थानीय तह निर्वाचनमा दोलखामा गठबन्धन दलहरुबीच चुनावि तालमेल हुने बताउनुभएको छ ।

हाम्रो रेडियोको बहसमुखी कार्यक्रम साझा सरोकारमा आज कुराकानी गर्दै सभापति लामाले यस्तो बताउनुभएको हो । एमालेलाई पराजित गर्न गठबन्धन आवश्यक रहेको भन्दै उहाँले जिल्लामा गठबन्धन हुने कुरामा कुनै दुविधा नरहेको बताउनुभयो । राष्ट्रिय आवश्यकताका आधारमा दोलखामा चुनावि तालमेल गर्न गठबन्धन दलहरुबीच छलफल गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । नेकपा एमालेको असक्षम नेतृत्वका कारण देश तहसनहस भएको अवस्थामा केन्द्रमा गठबन्धन दलहरु एक भएको भन्दै सभापति लामाले जिल्लामा आ–आफ्नो पार्टीको आकारका आधारमा निर्वाचनमा जाने विषयमा गठबन्धन दलहरुबीच छलफल हुने बताउनुभएको छ ।

दोलखामा पार्टीको आकारका आधारमा छलफल गर्ने हो भने गठबन्धन गर्न कुनै समस्या नभएको उहाँको भनाई छ । नेकपा एमालेलाई पराजित गर्न पनि जिल्लामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टी एक हुनुको विकल्प नभएको सभापति लामाले बताउनुभयो ।अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु बेतिथि र भ्रष्टचारमा लिप्त भएको तथा जनतालाई सेवा प्रवाह गर्दा पनि विभेद गरेको जनगुनासो आइरहेका बेला जिल्लामा गठबन्धन आवश्यक भएको उहाँको भनाई छ । एमालेलाई पराजित गराउने, दोलखालाई समृद्ध बनाउने र जनतालाई न्याय दिने हो भने जिल्लामा गठबन्धन आवश्यक भएको लामाले बताउनुभयो ।

नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामाले आगामी स्थानीय तह निर्वाचनमा दोलखामा गठबन्धन दलहरुबीच चुनावि तालमेल हुने बताउनुभएको छ । दोलखामा पार्टीको आकारका आधारमा छलफल गर्ने हो भने गठबन्धन गर्न कुनै समस्या नभएको उहाँको भनाई छ । गठबन्धन दलहरु एक ठाउँमा उभिदा आगामी स्थानीय तह निर्वाचनमा दोलखामा एमाले तेस्रो दलको रुपमा आउने उहाँले जिकिर गर्नुभयो । यस्तै नेपाली कांग्रेस दोलखाले आगामी स्थानीय तह निर्वाचनका लागि चैत मसान्तसम्म उम्मेदवार टुंगो लगाउने भएको छ ।

कांग्रेस दोलखाका सभापति लामाले गठबन्धन दलहरु एक ठाउँमा उभिदा आगामी स्थानीय तह निर्वाचनमा दोलखामा एमाले तेस्रो दलको रुपमा आउने जिकिर गर्नुभयो । गठबन्धन गरेर जाँदा जिल्लाका सबै स्थानीय तहहरुमा आफुहरुको जित सुनिश्चित रहेको भन्दै उहाँले एमालेको हार निश्चित भएको दावि गर्नुभयो । नेकपा एमाले दोलखाका जिल्लास्तरीय नेताहरु नै नेकपा एसमा रहेका कारण आगामी निर्वाचनमा एमाले तेस्रो स्थानमा आउने उहाँको भनाई छ ।

यस्तै नेपाली कांग्रेस दोलखाले आगामी स्थानीय तह निर्वाचनका लागि चैत मसान्तसम्म उम्मेदवार टुंगो लगाउने भएको छ । चैत २८ गते जिल्ला कार्यसमिति बैठक बसेर यो महिनाको अन्तिममा उम्मेदवार छनोट गर्नेगरी तयारी भइरहेको हो । पार्टी सभापति लामाले नेपाली कांग्रेस एक्लै लड्दा पनि दोलखाका ६ वटा स्थानीय तहमा जित हात पार्ने बताउनुभएको छ । गठबन्धन दलहरुसँग आवश्यकता र संगठनको आकारको आधारमा तालमेलका लागि प्रस्ताव गर्ने र चुनावी गठबन्धन हुनै नसक्ने परिस्थितिमा पनि दोलखामा एमालेलाई पराजित गराउने गरी सौहार्दपुर्ण रुपमा अघि बढ्ने तयारी भइरहेको सभापति लामाले जानकारी दिनुभयो ।