images
images

बिङ्गो गेम खेलिरहेका सिन्धुपाल्चोकका एक सहित १६ जना पक्राउ

  • २१ चैत्र २०७८, सोमबार १२:४०

काठमाण्डौ । अनलाइन बिङ्गो गेम खेलेको आरोपमा सिन्धुपाल्चोकका एक सहित १६ जना बौद्धबाट पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका ६ बौद्ध प्लाटिङस्थित एक खाजा घरमा अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका १ घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका ७ शिवचोक बस्दै आएका २५ वर्षीय पासाङ शेर्पा सहित १६ जनालाई प्रहरीले पक्राउ गरेको हो । उक्त खाजा घरमा अनलाइन बिङ्गो खेल खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट ७४ हजार १ सय ५० रूपैयाँ नगद, १ हजार ५ सय पिस बिङ्गो टिकट र २ थान स्पिकर बरामद गरेको छ ।