images
images

दोलखामा स्थानीय निर्वाचनःकांग्रेसले बनायो वार्ता समिति

  • २१ चैत्र २०७८, सोमबार १५:०९

जिरी (दोलखा) । आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेस दोलखाले वार्ता समिति गठन गरेको छ ।

जिल्ला सभापति बर्मा लामाको नेतृत्वमा आज वार्ता समिति गठन गरिएको हो । सो समितिमा कांग्रेस नेताहरु तारा बहादुर कोइराला, रुद्र खड्का, तारा कुमार खड्का र केशवराज चौलागाई सदस्य रहेका छन् । निर्वाचनलाई व्यवस्थित गर्न तथा प्रभावकारी वनाउन विभिन्न समितिहरु पनि गठन गरिएको छ ।

कांग्रेस दोलखाले आशन्न स्थानिय तहको निर्वाचनलाई मध्यनजर गर्दै केन्द्रीय निर्णय अनुसार दोलखाका गठवन्धनमा रहेका दल संग मिलेर निर्वाचनमा जाने निर्णय गरेको नेपाली कांग्रेस दोलखाका पूर्व सभापति रुद्र बहादुर खड्काले जानकारी दिनुभयो ।