images
images

बिबाह गर्ने प्रलोभन देखाई लाखौँ ठगी गर्ने रामेछापका एक पुरुष पक्राउ

  • २१ चैत्र २०७८, सोमबार १७:३२

काठमाडौं । बिबाह गर्ने प्रलोभन देखाई लाखौँ ठगि गर्ने रामेछापका एक पुरुष पक्राउ परेका छन् ।

करिब ४२ लाख ३४ हजार ठगी गरेको आरोपमा प्रहरीले रामेछापको साँघुटार नगरपालिका वडा नम्बर ३ घर भई काठमाडौंको धापासी बस्ने ५२ वर्षीय नबिन भनिने लोकबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाको विशेष टोलीले श्रेष्ठलाई काठमाडौं विशालनगरबाट नियन्त्रणमा लिएको हो । बिबाह गर्ने प्रलोभन देखाई पिडितलाई विश्वासमा पारी आफु बिरामी परेको भनी कहिले अस्पतालमा उपचार गर्न र कहिले झारफुकका लागि भन्दै आईएमई तथा सिटिएक्सप्रेस मार्फत् पटक–पटक गरी करिब ४२ लाख ३४ हजार रकम पठाउन लगाई ठगी गरेको भन्ने पिडितको सुचनाको आधारमा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई ठगी कसुर अन्तर्गत थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।