images
images

आगो निभाउने क्रममा जलेर एक बृद्धको मृत्यु

  • २१ चैत्र २०७९, मंगलवार ०६:३१

सिन्धुली । सिन्धुलीका एक बृद्धको खरवारीमा लागेको आगो निभाउने क्रममा जलेर मृत्यु भएको छ ।

फिक्कल गाउँपालिका २ तिनघरेका ८२ बर्षीय बल बहादुर मगरको खरबारीमा लागेको आगो निभाउने क्रममा जलेर मृत्यु भएको हो । हिजो दिउँसो घर नजिकैको खरबारीमा आगो लागेपछि निभाउन गएका मगर अवेरसम्म घर नर्फेपछि घरपरिवारले खोजी गर्दा उनको जलेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो । उनको शरीर आंशिक रुपमा जलेको अवस्थामा शव फेला परेको सिन्धुलीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक चिरञ्जीवि दाहालले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीबाट खटिएको प्रहरी टोलीले घटनाको विषयमा थप अनुसन्धान गरिरहेको छ ।