
काठमाडौं । काठमाडौंको कोटेश्वरमा मोटरसाइकल दुर्घटनामा परी सिन्धुपाल्चोकका एक पुरुषको मृत्यु भएको छ ।
दुर्घटनामा परी सिन्धुपाल्चोकका ३५ वर्षिय हरिशरण अधिकारीको मृत्यु भएको हो । काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित सडकमा बागमती प्रदेश ०२–००२२ प २६८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा अधिकारी गम्भिर घाईते भएका थिए । गम्भिर घाईते भएका उनको काठमाडौं मेडिकल कलेज सिनामंगलमा आज उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।