
काठमाडौं । नेपाल आयल निगमले घटाएको इन्धनको नयाँ मुल्य आजदेखि लागु भएको छ ।
सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, मट्टितेल र हवाई इन्धनको मुल्य प्रतिलिटर १०/१० रुपैँयाको दरले घटाएको थियो । यस्तै पेट्रोलको मुल्य प्रतिलिटर ३ रुपैँयाले घटाइएको छ भने खाना पकाउने ग्यासको मुल्य भने हाललाई यथावत राखिएको छ । मुल्य समायोजनपछि अब डिजेल र मट्टितेलको नयाँ खुद्रा मुल्य प्रतिलिटर १ सय ६५ रुपैँया कायम भएको छ ।
यसअघि डिजेल र मट्टीतेलको खुद्रा मुल्य प्रतिलिटर १ सय ७५ रुपैँया थियो । पेट्रोलको मुल्य लिटरमा ३ रुपैँयाले घटेपछि नयाँ मुल्य प्रतिलिटर १ सय ७५ रुपैँया कायम भएको छ ।