images
images

अपर तामाकोशी हाइड्रोपावरको सिईओमा गौतम नियुक्त

  • २१ चैत्र २०७९, मंगलवार १७:४२

दोलखा । अपर तामाकोशी हाइड्रोपावरको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा मोहन प्रसाद गौतम नियुक्त हुनुभएको छ ।

कम्पनी सञ्चालक समितिको यही चैत १४ गते बसेको बैठकले नेपाल विद्युत प्राधिकरणका ११ औँ तहका गौतमलाई अपर तामाकोशी हाइड्रोपावरको सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । तामाकोशी हाइड्रोपावर स्वदेशी लगानीमा निर्माण भएको राष्ट्रिय गौरबको ४ सय ५६ मेगावाट जडित क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजना निर्माण, सञ्चालन र व्यवस्थापन गर्न संस्थापना भएको कम्पनी हो । कम्पनीले प्रवद्र्धन गरेको आयोजना निर्माण सम्पन्न भई हाल सञ्चालनमा रहेको छ ।

नवनियुक्त सीईओ गौतमले कम्पनीले अगाडि बढाएको २१ मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत आयोजनाको निर्माणलाई तिब्रता दिने, संस्थागत सुशासन कायम गर्ने र आयोजना निर्माणका क्रममा बाँकी रहेका विषयलाई फरफारक गर्ने लगायतका काम आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ ।