images
images

काभ्रेपलाञ्चोकका तीन युवक चोरीको स्कुटर सहित पक्राउ

  • २१ चैत्र २०७९, मंगलवार १८:४५

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका तीन युवक चोरीको स्कुटर सहित पक्राउ परेका छन् ।

तिमाल गाउँपालिका ७ घर भई भक्तपुरको सुर्यविनायक बस्दै आएका १९ वर्षिय संजिव लामा सोही स्थानका २३ नुर्भु लामा र काभ्रेको पाँचखालका कृष्ण तमाङलाई ट्राफिक प्रहरीले चोरीको स्कुटर सहित पक्राउ गरेको हो । गत पुस १७ गते काठमाडौंको रातोपुलबाट हराएको बा ५४ प ९३३९ नम्बरको स्कुटर भक्तपुरको सुर्यविनायकस्थित पाँडुबजारमा संजिवले बास्तविक नम्बरमै चलाइरहेको पाइएपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । सोधपुछका क्रममा उनले स्कुटर चोरीमा नुर्भु र कृष्णको पनि संलग्नता रहेको बताएपछि प्रहरीले उनीहरुलाई पनि पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारवार्हीका लागि प्रहरी बृत्त गौशलामा पठाइएको छ । उदयपुरका धनबहादुर राउतले काठमाडौंको रातोपुलबाट आफ्नो स्कुटर चोरी भएको भन्दैै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए । सोही निवेदनका आधारमा उनीहरुलाइ ट्राफिक प्रहरीले चोरीको स्कुटर सहित पक्राउ गरेको हो ।