images
images

लुम्बिनीमा चार दलले समर्थन गरेपनि महरालाई पुगेन बहुमत

  • २२ चैत्र २०८०, बिहीबार १५:४०

काठमाडौँ । लुम्बिनी प्रदेशमा चार दलबीच नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ ।

लुम्बिनीमा नेकपा एमाले, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदबीच ५ बुँदे सहमति भएको हो । सहमतिमा नेकपा माओवादी संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्रीमा समर्थन गर्ने सहमति भएको हो । सत्ता गठबन्धनका दलहरुले समर्थन गरे पनि मुख्यमन्त्री दाबीका लागि महरालाई बहुमत नपुग्ने भएको छ । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ प्रदेश सांसदको समर्थन आवश्यक पर्दछ । जसअनुसार एमालेको २९, माओवादीको सभामुखबाहेक ८, जसपाको ३, नेकपा एसको १ र स्वतन्त्र सांसद गरी ४२ जना मात्र सांसद रहेका छन् ।