images
images

रास्वपाका सभापति लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश

  • २२ चैत्र २०८१, शुक्रबार १९:४१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतले आदेश दिएको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा रास्वपाका सभापति लामिछानेलाई थुनामा पठाउन उच्च अदालतले आदेश दिएको हो । उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधिश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको हो।  हिजो देखि सोही मुद्धामा बहस सुरु भएको थियो ।

सभापति लामिछालाई यसअघि रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले एक करोड धरौटिमा रिहा हुन आदेश दिएको थियो । तर, सोही मुद्धामा रुपन्देही जिल्ला अदालतका न्यायाधीश वरिष्ठकुमार घिमिरेको इजलासले पूर्वडिआईजी छविलाल जोशीलाई पनि पूर्पक्षको लागी थुनामा उठाउने आदेश गरेको दिएको हो ।

सुप्रिम सहकारीमा सभापति लामिछाने, पूर्वडिआईजी जोशी र जिबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ । उनीहरुले सहकारीको ५५ करोड रुपैंया भन्दा बढी रकम अपचलन गरेको आरोप छ । जसमध्ये सभापति लामिछने, जोशी र जीबीले १० करोड १९ लाख ३६ हजार रकम छुट्टै अपचलन गरेको अभियोगमा उल्लेख । जीबी राई भने फरार छन् ।