images
images

व्यवसायी शंकर अग्रवाल पक्राउ परे लगत्तै छोरा सुलभ अग्रवाल प्रहरी नियन्त्रणमा

भक्तपुर । शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवालका छोरा सुलभ अग्रवाललाशई पनि प्रहरीले पक्राउ गरेको छ ।

व्यवसायी दीपक भट्टका व्यावसायिक साझेदारका रुपमा चिनिएका सुलभलाई प्रहरीले भैरहवाबाट पक्राउ गरेको हो। उनका बुबा शंकरलाल अग्रवाललाई प्रहरीले शुक्रबारै पक्राउ गरेको थियो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिअआईबी) ले सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा उनीहरूलाई पक्राउ गरेको  हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धानका क्रममा बिहीबार सीआईबीबाट व्यवसायी भट्टलाई पक्राउ गरेको थियो ।

भट्टसहित उनका साझेदारहरूलाई पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मुद्दा चलाउने तयारी गरेको छ।