images
images

दोलखामा गठबन्धन दल घरदैलो अभियानमा व्यस्त

  • २१ बैशाख २०७९, बुधबार ०८:१७

दोलखा । स्थानीय तहको निर्वाचन आउन ९ दिन मात्रै बाँकी रहँदा दोलखामा गठबन्धन दलले घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।

निर्वाचन नजिकिएसँगै मतदाता भेटघाटमा यतिबेला उम्मेदवारहरुलाई भ्याईनभ्याइ भएको छ । जिल्लामा गठबन्धन दलका उम्मेदवाहरुले एकै दिनमा विभिन्न वडाका टोल–टोलमा पुगेर मतादातसँग भेटघाट गरिरहेका छन् । गठबन्धन भएको स्थानमा गठबन्धनका साझा उम्मेदवार घरदैलो अभियान लिएर टोल–टोलमा पुगेका छन् भने गठबन्धन नभएका स्थानमा पनि दलहरु आ–आफ्नै तरिकाले घरदैलो अभियानमा छन् । घरदैलो अभियान करिव करिव अन्तिम चरणमा पुगेको नेताहरुले बताएका छन् । जसअनुसार वैतेश्वर गाउँपालिकाका उम्मेदवारले आज एकैदिन तीन वटा वडाका विभिन्न टोलमा पुगेर मतदाताहरुसँग भेट गरेका छन् ।

स्थानीय तहको निर्वाचन आउन ९ दिन मात्रै बाँकी रहँदा दोलखामा गठबन्धन दलले घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।निर्वाचन नजिकिएसँगै मतदाता भेटघाटमा यतिबेला उम्मेदवारहरुलाई भ्याईनभ्याइ भएको छ । जिल्लामा गठबन्धन दलका उम्मेदवाहरुले एकै दिनमा विभिन्न वडाका टोल–टोलमा पुगेर मतादातसँग भेटघाट गरिरहेका छन् । गठबन्धन भएको स्थानमा गठबन्धनका साझा उम्मेदवार घरदैलो अभियान लिएर टोल–टोलमा पुगेका छन् भने गठबन्धन नभएका स्थानमा पनि दलहरु आ–आफ्नै तरिकाले घरदैलो अभियानमा छन् ।

अध्यक्षका उम्मेदवार लक्ष्मण खड्का र उपाध्यक्षका उम्मेदवार कल्याण दहाल लगायतको टोलीले आज वैतेश्वर वडा नम्बर ६ को मेघेचौर, वडा नम्बर ५ काभ्रे कालथोक, वडा नम्बर ३ को पाइले, मझुवा, चिलाउनेखर्कमा घरदैलो अभियान सम्पन्न गरेको छ ।मतदाता भेटघाटका क्रममा वडा नम्बर ६ का स्थानीयले अबको आशा र भरोसा लक्ष्मण खड्का नै भएकाले निर्वाचनमा उनलाई बाहेक अरुलाई रोज्न नसक्ने बताएका छन् । पत्रकारितामा भिजेको र भिजन भएको नेता भएकाले आफुहरुले सक्दो सहयोग गर्ने स्थानीयले बताएका छन् । अध्यक्षका उम्मेदवार खड्काले जनताले आफुलाई विश्वास गरेर जिताएमा वैतेश्वर ६ का लागि आफ्नो पहिलो योजना विगत लामो समयदेखि रहँदै आएको पानीको समस्या समाधान गर्ने नै भएको बताएका छन् ।

कालिञ्चोक गाउँपालिकामा गठबन्धन दलले चुनाविसभा सम्पन्न गरेको छ । स्थानीय तहको निर्वाचनलाई लक्षित गरि कालिञ्चोक गाउँपालिका वडा नम्बर १ बेगुम्पामा गठबन्धन दलले चुनाविसभा सम्पन्न गरेको हो । निर्वाचनको मिति नजिकिएसँगै दलहरुले प्रचारप्रसार सँगसँगै चुनावि जनसभा पनि गरिरहेका छन् । सभालाई सम्बोधन गर्दै कालिञ्चोक गाउँपालिकामा अध्यक्षका उम्मेदवार अर्जुन प्रसाद शिवाकोटीले आफु विजयी भएमा जनताको आवश्यकता बुझेर सोही अनुसार काम गर्ने बताउनुभएको छ । यस्तै उपाध्यक्षका उम्मेदवार कुल बहादुर बुढाथोकीले निर्वाचनमा जनताले भरोसा गरेर निर्वाचनमा जिताएमा कालिञ्चोकको विकास र समृद्धिमा आफ्नो ध्यान केन्द्रित गर्ने बताउनुभयो ।