images
images

ऐतिहाँसिक शहर दोलखामा बौद्ध भिक्षुहरुको चासो, एकैसाथ ८० जनाले गरे भ्रमण

  • २१ बैशाख २०८०, बिहीबार १९:४९

दोलखा । ऐतिहाँसिक शहर दोलखामा पहिलोपटक ठुलो संख्यामा ताइवान सहितका विदेशी मुलुकबाट भिक्षुहरु आएर पूजा, अर्चना र ध्यान गरेका छन् ।

भीमेश्वर नगरपालिका २ दोलखा बजारको केही माथि रहेको दाँइगर्ने डाँडामा अवस्थित मञ्जुश्रीको दर्शनका लागि ताइवान, हङकङ, वैंकक र मलेसियाबाट गरी एकै पटक ८० जना भिक्षुहरु आएका हुन् । मंगलबार दोलखा आएका भिक्षुहरुले बुधबार दिनभर मञ्जुश्रीको पूर्जा, अर्चना र ध्यान गरेका थिए । यसअघि चार महिना पहिले पनि १६ जना ताइवानीले मञ्जुश्रीको दर्शन गरी फर्किएका थिए । त्यसपछि मंगलबार ठूलो संख्यामा विदेशी भिक्षुहरु दोलखा आएका हुन् । बौद्ध धर्मावलम्बीहरुले मञ्जुश्रीलाई आफ्नो गुरु मान्ने गर्दछन् ।

खासगरी मञ्जुश्री बौद्ध धर्मग्रन्थमा वर्णन गरिएका एक बृद्ध थिए । उनले नै प्राचिन समयमा काठमाडौं उपत्यकामा रहेको दहको पानी चोभारबाट बाहिर पठाएर बस्ती बसालेको किम्वदन्ति छ । मञ्जुश्रीलाई कसैले बिक्रमशीला महाविहारमा दिक्षित बौद्ध विद्धान मान्दछन् भने कसैले मञ्जुश्री महाचीन विख्यात विद्धान वेन शु पु शा हिमाल पारीका इलाकाको भ्रमण गर्दै नेपाल आइपुगेका हुन भन्ने गरिन्छ । त्यसबेला पुरानो शहर दोलखामा मन्जुश्रीको पाउ रहेको विश्वास गरिन्छ । संस्कृतविद् शान्तकृष्ण श्रेष्ठ लगायतले सो विषयमा लामो समयदेखि अध्ययन गरिरहेका छन् । संस्कृतविद् श्रेष्ठले मञ्जुश्री गुरु नभए बोदिसत्वको ज्ञान प्राप्त नहुने र बोदिसत्व नभए बुद्धत्व प्राप्त नहुने विश्वासका आधारमा एकैपटक ठुलो संख्यामा विदेशी भिक्षुहरु दोलखा आएको जानकारी दिनुभयो ।

ऐतिहाँसिक शहर दोलखामा पहिलोपटक ठुलो संख्यामा ताइवान सहितका विदेशी मुलुकबाट भिक्षुहरु आएर पूजा, अर्चना र ध्यान गरेका छन् । भीमेश्वर नगरपालिका २ दोलखा बजारको केही माथि रहेको दाँइगर्ने डाँडामा अवस्थित मञ्जुश्रीको दर्शनका लागि ताइवान, हङकङ, वैंकक र मलेसियाबाट गरी एकै पटक ८० जना भिक्षुहरु आएका हुन् । मंगलबार दोलखा आएका भिक्षुहरुले बुधबार दिनभर मञ्जुश्रीको पूर्जा, अर्चना र ध्यान गरेका थिए । बौद्ध धर्मावलम्बीहरुले मञ्जुश्रीलाई आफ्नो गुरु मान्ने गर्दछन् । खासगरी मञ्जुश्री बौद्ध धर्मग्रन्थमा वर्णन गरिएका एक बृद्ध थिए । उनले नै प्राचिन समयमा काठमाडौं उपत्यकामा रहेको दहको पानी चोभारबाट बाहिर पठाएर बस्ती बसालेको किम्वदन्ति छ ।

उहाँका अनुसार दोलखाबाट यसको सुरुवात भएको तथा मञ्जुश्रीको ठूलो महिमा भएका कारण भिक्षुहरु पुूर्जा अर्चनाका साथै अध्ययनका लागि आएका हुन् । सुरुमा काठमाडौं उपत्यका ठूलो दहको रुपमा रहेको र चोभारको गल्छी काटेर पानी बगेपछि काठमाडौंमा मानव बस्ती बसाल्ने काम बोधिसत्व मञ्जुश्रीबाट भएको काठमाडौंका बौद्ध धर्मावलम्वीहरुको विश्वास छ । यो विश्वासको आधार स्वयम्भूपुराण हो । यी कथाको आधारमा काठमाडौंको सम्भाव्यता भन्दा दोलखा पुरानो हो भन्ने संस्कृतविद् श्रेष्ठको दावि छ ।

यस्तै पर्यटन विकास समिति दोलखाका अध्यक्ष वैकुन्ठ नारायण प्रधानले एकै पटक ठूलो संख्यामा भिक्षुहरु दोलखा आउनुले दोलखा, भीमेश्वर मन्दिरको नामबाट मात्रै परिचित नभएर बौद्ध धर्मावलम्बीका लागि पनि महत्वपुर्ण छ भन्ने सन्देश प्रवाह भएको बताउनुभयो । दोलखामा मञ्जुश्रीको पाउ नै भएको विषयमा प्रचार भएपछि विदेशी भिक्षुहरु अध्ययन र दर्शनका लागि आएको उहाँको भनाई छ ।

ऐतिहाँसिक शहर दोलखा बजारको माथि सताव्दीयौं पुरानो ढुंगाको मुर्ति छ । त्यहाँ मञ्जुश्रीको पाउ भएको र त्यो बौद्ध धर्मावलम्वीका गुरुको पाउ हो भन्ने धार्मिक विश्वासका आधारमा विदेशी भिक्षुहरु आएका हुन् । ऐतिहाँसिक पुरानो स्तुपा भूकम्पले भत्काएपछि डेढ वर्षअघि नेपाल पर्यटन बोर्डको सहयोगमा मन्जुश्री मन्दिर निर्माण भएको थियो । पर्यटन विकास समिति दोलखाका अध्यक्ष प्रधानले नेपाल पर्यटन बोर्डबाट प्राप्त ५० लाख बजेट र भीमेश्वर नगरपालिकाको थप लगानी मञ्जुश्री पार्क, सिँढी र गेट निर्माण बताउनुभयो । धार्मिक एवम् पर्यटकीय महत्वको इतिहाँस बोकेको दोलखामा मञ्जुश्रीको दर्शनका लागि ताइवान, हङकङ, बैंकक र मलेसियाबाट बौद्ध धर्मावलम्वीका भिक्षुहरु आउन थालेपछि नयाँ उत्साह थपिएको छ ।