सिन्धुली । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको नेतृत्व गर्ने जिम्मा एसपी गोविन्दराज काफ्लेलाई दिइएको छ ।
यसअघि प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा कार्यरत अर्जुन प्रसाद तिमिल्सिनालाई सिन्धुलीको एसपी बनाएर पठाउने निर्णय भएपनि अहिले काफ्लेलाई पठाइएको हो । तिमिल्सिना सिन्धुली जान नमानेपछि प्रहरी महानिरीक्षक वसन्त कुँवरले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत काफ्लेलाई सिन्धुलीमा सरुवा गर्नुभएको छ । काफ्लेलाई डीआईजी उमेश राज जोशीले हिजो बिदाइ गर्नुभएको थियो । यसअघि सिन्धुलीमा कार्यरत प्रहरी उपरीक्षक विनोद शर्मालाई फिर्ता बोलाएपछि त्यहाँको पद रिक्त थियो ।
बैशाख १० मा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशन अनुसार शर्मालाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको हो । २०८० साल फागुन २ मा सिन्धुलीमा सरुवा भएर दुई महिना काम गरेपछि उनलाई फिर्ता बोलाइएको थियो ।



हाम्रो अपडेट 






