
काठमाडौ । नेपालले पाँचौं तथा अन्तिम ट्वान्टी- ट्वान्टी खेलमा वेष्टइण्डिज ए माथि ६ विकेटको जित हात पारेको छ ।
नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिजविरुद्धको अन्तिम खेलमा ६ विकेटको जित निकाल्दै नेपालले पाँच खेलको सिरिजको सुखद अन्त्य गरेको हो । वेस्ट इन्डिजले दिएको १ सय ७३ रनको लक्ष्य नेपालले ७ बल अगावै ४ विकेटको क्षतिमा पुरा गरेको थियो। नेपालका लागि अनिल शाह र आशिफ शेखले अर्धशतक पूरा गरेका थिए । अन्तिम खेलमा जित हासिल गरेपनि पाँच खेलको सिरिज भने वेष्टइण्डिजले ३/२ ले आफ्नो पक्षमा पारेको छ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७२ रनको योगफल तयार पारेको थियो।