images
images

माओवादीको नयाँ अभियान घोषणा, मध्यपहाडी लोकमार्गमा जेठ २ गतेदेखि कार्यक्रम हुने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले आगामी जेठ २ गतेदेखि मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान सुरु गर्ने भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज बसेको पदाधिकारी बैठकले यसअघि सञ्चालित हुलाकी मार्ग केन्द्रित अभियानको समीक्षा गर्दै नयाँ अभियानको घोषणा गरेको हो । जेठ २ गतेदेखि अर्काे चरणको अभियान सञ्चालन गर्ने निर्णय गरिएको माओवादी केन्द्रले जनाएको छ ।

यद्धपी अभियान कुन ठाउँबाट सुरु गर्ने भन्ने विषयमा औपचारिक निर्णय भईनसकेकाले पुनः अर्काे बैठक बसेर कार्यक्रमलाई मुर्तरुप दिने पार्टी उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो । बैठकले पहिलो चरणको हुलाकी मार्ग केन्द्रित तराई मधेश जागरण अभियान सोचेभन्दा बढी उपलव्धीपूर्ण भएको निश्कर्ष निकालेको छ । गत फागुन १२ गते झापाबाट सुरु भएको माओवादीको पहिलो चरणको अभियान बैशाख १७ गते कञ्चनपुरमा पुगेर सम्पन्न भएको थियो ।

माओवादी केन्द्रको गत पुस २३ गते सम्पन्न केन्द्रीय समिति बैठकले तराई मधेश हुलाकी मार्ग र मध्य पहाडी लोकमार्गमा अभियान चलाउने निर्णय गरेको थियो ।